तत्काल स्थानीय निर्वाचन घोषणा गर्नुपर्छ : नेता सिंह

माघ–२२ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले तत्काल स्थानीय निकायको निर्वाचन घोषणा गर्नुपर्ने बताएका छन् ।
किङकम स्पोर्टस क्लबले आयोजना गरेको उपत्यकास्तरीय ब्याडमिन्टन प्रतियोगिताको काठमाडौंमा उद्घाटन गर्दै नेता सिंहले भने, "छोटो समयमा तिनवटै तहको निर्वाचन गर्नुपर्ने भएकाले सरकाले तत्काल स्थानीय निकायको निर्वाचन घोषणा गर्नुपर्दछ ।”
समयमा तीन तहको निर्वाचन नभए अहिलेसम्मका उपलब्धि गुम्न सक्ने भन्दै उनले दलहरु एक भएर निर्वाचनमा जानुपर्ने बताए । उनले भने " कुनै पनि बहानामा निर्वाचन रोक्न खोज्यो भने त्यो कांग्रेसलाई मान्य हुँदैन ।"
१५ दिनसम्म चल्ने ब्याडमिन्टन प्रतियोगितामा काठमाडौँ उपत्यकाका ३६ टोलीले भाग लिएका छन् । रासस
प्रकाशमान सिंह
स्थानीय निर्वाचन