राजनीति

देश विखण्डित पार्ने विरुद्व कडा प्रतिवादः ओली

देश विखण्डित पार्ने विरुद्व कडा प्रतिवादः ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश विखण्डित पार्ने र अर्काको इशारामा देशलाई बर्बाद तुल्याई सार्वभौमसत्ता खतरामा पार्ने कार्यविरुद्ध आफ्नो पार्टीले जुनसुकै अवस्थामा पनि कडा प्रतिवाद गर्ने बताए । सुनसरी सदरमुकाम इनरुवामा पार्टीले आयोजना गरको जनसभालाई सम्बोधन गर्दै उनले एमाले देश र जनताको हित प्रतिकूल हुने कुनै पनि कार्यविरुद्ध पत्थर झैँ रहने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष ओलीले मधेस भूमिमा बसोवास गर्ने धेरै नेताहरूले धेरै वर्षसम्म शासनसत्तामा बसेर आफू र आफ्नो नातागोता र आफन्तलाई बनाउने कार्य गरेको आम नेपालीसामु लुकेको छैन भन्दै नयाँ संविधानले कहाँ कसलाई अप्ठ्यारो पारेको छ स्पष्टरुपमा मधेसवादी नेताहरूले खुलेर भन्न नसक्नुमा मधेस मुद्दा षड्यन्त्रको पुलिन्दाबाहेक केही हुन नसक्ने बताए । सरकार स्थानीय, प्रदेश र केन्द्रीय तहको निर्वाचन गराउन गम्भीर नभएको आरोप लगाउँदै उनले तोकिएको समयभित्र चुनाव नभए संवैधानिक र राजनीतिक सङ्कट आउने भएकाले एमाले त्यस्तो अवस्था आउन नदिन सचेत रहेको बताए ।

KP Sharma Oli

विशेष