रोजगार

फ्री भीसा-टिकट कार्यान्वयन गराउन खोज्दा मन्त्रालयमै धम्की

फ्री भीसा-टिकट कार्यान्वयन गराउन खोज्दा मन्त्रालयमै धम्की
माघ - २२ । श्रममन्त्री सूर्यमान गुरुङले निःशुल्क भिसा र हवाई टिकट कार्यान्वयन र व्यवस्थित हुन नसकेको स्वीकार गरेका छन् । शनिवार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यसलाई कार्यान्वयन गर्न नदिन गिरोह नै सक्रिय रहेको बताएका छन् । फ्री भीसा-टिकट कार्यान्वयन गराउन खोज्दा मन्त्रालयमै धम्की आएको पनि उनले खुलासा गरेका छन् । रोजगारीका सिलसिलामा विदेसिनेहरूसँग दुईवटा सम्झौता गरी ठग्ने गरेको पाइएको भन्दै उनले यसलाई नियन्त्रण गर्न अनलाइनबाट फाराम भर्ने कामको थालनी गरिएको बताए । मन्त्रालयले श्रम बजारको खोजी गरिरहेको भन्दै मन्त्री गुरुङले उपयुक्त श्रम बजारको खोजी गरी सुरक्षित रोजगार दिलाउन आफू प्रतिबद्ध रहेको पनि बताए ।

suryaman gurung फ्री भीसा-टिकट

विशेष