राजनीति

देश टुक्र्याउँछु भन्ने सिके राउतलाई कारबाही हुन्छः प्रधानमन्त्री प्रचण्ड

देश टुक्र्याउँछु भन्ने सिके राउतलाई कारबाही हुन्छः प्रधानमन्त्री प्रचण्ड

माघ २३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुलेआम देश टुक्राउँछु भन्ने सिके राउतलाई कुनै हालतमा छोड्न नसकिने बताएका छन् । नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले राउत प्रकरणलाई सरकारले गम्भीर रुपमा लिएको बताए ।

देश टुक्र्याउँछु भन्नेलाई कुनै पनि देशमा छुट नहुँने बताउँदै राउतमाथि कारवाही हुने उनले बताए । कार्यक्रममा प्रचण्डले भने ‘खुलेआम देश टुक्राउँछु भन्नेलाई दुनियाँको कुन सरकारले छुट दिएको छ ? यो सम्भव छैन । हाम्रो राष्ट्रिय स्वाभिमानभन्दा ठूलो कुरा अरु छैन । देशलाई बिखण्डन गर्छु भन्नेलाई कुनै हालतमा छुट दिन सकिँदैन ।’

राउतलाई पक्राउअघि गम्भीर रुपमा परामर्श गरिएको प्रधानमन्त्रीको दावी छ । पक्राउ प्रकरण संवेदनशील कदम भएकाले यसबाट सरकार पछि नहट्ने उनले बताए । राज्यद्रोहको आरोपमा प्रहरीले राउतलाई गत बिहीवार जनकपुरवाट पक्राउ गरेको थियो । विशेष अदालतले राउतलाई दश दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिइसकेको छ ।

Prachanda

विशेष