राजनीति

राउतको पक्षमा प्रदर्शन गर्ने ६ विरुद्ध मुद्दा दायर

राउतको पक्षमा प्रदर्शन गर्ने ६ विरुद्ध मुद्दा दायर
माघ–२३ । सिके राउतको रिहाईको माग गर्दै सिरहाको लहानमा प्रदर्शन गर्ने क्रममा प्रहरीले पक्राउ गरेका ६ जना विरुद्ध राज्यविरुद्धको संगठित अपराध अन्तर्गत मुद्दा दायर गरिएको छ । प्रहरीले मुद्दा चलाएर सिरहा जिल्ला अदालतमा पेश गरिएको ६ जनालाई आइतबार अदालतले थप अनुसन्धानको लागि १० दिन थुनामा राख्न आदेश दिएको छ । सिरहाको सनहैठा गाविस १ का राजकुमार यादव, मझौरा ९ का रामशंकर यादव, सनहैठा ४ का सुरेशप्रसाद यादव, ३ का रोशनकुमार यादव र संजय यादव तथा इँटाटार २ का अशेक कुमार यादवलाई अदालतले थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । माघ २० गते धनुषाको जनकपुरमा पक्राउ परेका राउत ईलाका प्रहरी कार्यालय लहानको हिरासतमा राखिएका छन् । यसैबीच राउतका समथर्नमा सिरहा सदरमुकाममा प्रदर्शन गर्ने १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रदर्शन मुद्दा सिके राउत सिरहा

विशेष