राजनीति

संसद बैठक स्थगित, चालु बजेट अधिवेसन अहिलेसम्मकै लामो हुने

संसद बैठक स्थगित, चालु बजेट अधिवेसन अहिलेसम्मकै लामो हुने
माघ–२३ । व्यवस्थापिका संसद बैठक झन्डै तीन साताका लागि स्थगित भएको छ । फागुन १० गते सम्मका लागि संसद बैठक स्थगित भएको हो । चालु अधिवेशन २०७३ बैसाख २१ बाट सुरु भएको थियो । योसँगै चालु बजेट अधिवेशन अहिलेसम्मकै लामो हुने भएको छ । संविधान संशोधन र निर्वाचन सम्बन्धी सबै विधेयकहरु पारित हुन नसकेपछि चालु संसद अधिवेशन लम्बिएको हो । कात्तिक ४ गते नै अधिवेशन अन्त्य गर्ने तयारी गरिए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि कात्तिक ३ गते साँझ महाभियोग प्रस्ताव आएकाले लम्बिन पुगेको हो । यसपछि संविधान संशोधन प्रस्तावका कारण प्रमुख प्रतिपक्षी नेकपा एमालेले एक महिना संसद अवरुद्ध ग¥यो। निर्वाचन कानुन निर्माणको प्रक्रियाले पनि केही समय लियो। निर्वाचन सम्बन्धी नौ वटा विधेयकमध्ये चार वटा मात्र पारित भएका छन्। अरु पेश नै हुन सकेका छैनन् । यो नै संसदीय अभ्यासमा सबैभन्दा लामो अधिवेशन हुनेछ । यसअघि २०६८ बैसाख १९ बाट सुरु भई २०६८ फागुन ९ गेतसम्म १० महिना चलेको थियो ।

बजेट अधिवेसन संसद बैठक

विशेष