राजनीति

विदेश नीति कार्यदलमा बस्न एमालेद्वारा अस्वीकार

विदेश नीति कार्यदलमा बस्न एमालेद्वारा अस्वीकार
माघ २४ । प्रमुख प्रतिपक्षी एमालेले सरकारद्वारा प्रस्तावित विदेश नीति कार्यदलमा बस्न अस्वीकार गरेको छ । भारतर्फ ढल्किएर सरकारले पञ्चशीलको सन्तुलित परराष्ट्र नीति खल्बल्याएको भन्दै एमालेले कार्यदलमा बस्न अस्वीकार गरेको हो । सबै पार्टीका प्रतिनिधि समेटेर सरकारले एक महिनाअघि कार्यदल गठनका लागि प्रक्रिया अघि बढाउन खोजेको थियो । अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार लम्पसारवादको उत्पादन भएकाले एमालेले कार्यदलमा बस्न अस्वीकार गरेको बताए । एमालेको अस्वीकारसँगै विदेश नीति तयार गर्न परराष्ट्र मन्त्रालयद्वारा प्रस्तावित कार्यदल गठन अलपत्र परेको छ । नयाँ पत्रिका

KP Oli UML

विशेष