राजनीति

धम्क्याएर चन्दा असुल्दै बिप्लब माओवादी

धम्क्याएर चन्दा असुल्दै बिप्लब माओवादी

माघ २४ . नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गोरखाका गाविस सचिवसंग धम्कीको शैलीमा चन्दा मागेको छ  ।

फगुन १ गते राजधानीमा हुने अधिवेशनका लागि भन्दै माओवादीले आफूहरुसँग चन्दा मागेको सचिवहरुको भनाइ छ । 'उद्दण्ड शैलीमा चन्दा मागेका छन्', खोप्लाङका गाविस सचिव ऋषिराम पौडेलले भने , १० हजार रुपैयाँभन्दा कम नौ हजार नौ सय ९९ रुपैयाँ दिए पनि हामी लिन्नौं ।

नदिए पछि हामीले जहाँ बोलाएका छौं, त्यहीँ आएर दिनुपर्छसमेत भने ।' तर आफूले गाउँपरिषद्मा निर्णय गरी गाविसको पैसा खर्च गर्न नमिल्ने अडान लिएको उनको भनाइ छ ।

आफूसँग रामबादुर लामिछाने भन्ने माओवादी कार्यकर्ताले धम्कीको भाषामा चन्दा मागेको धावा गाविसका सचिव हरीश ओखेडाले जानकारी दिए । शान्ती प्रक्रियामा आइसकेपनि धम्क्याएर चन्दा माग्दा आफू आश्चर्यचकित भएको उनको भनाइ छ ।

यता विप्लव माओवादीका गोरखा संयोजक योगेन्द्र कुमालले भने अधिवेशनका लागि चन्दा माग्ने निर्णय भएपनि धम्क्याएर चन्दा असुली नगरिने बताए ।

अन्नपूर्ण

विशेष