राजनीति

दलाई लामालाई नेपाल ल्याउन भारतका जासुसहरु काठमाडौंमा सक्रिय

दलाई लामालाई नेपाल ल्याउन भारतका जासुसहरु काठमाडौंमा सक्रिय

माघ २४ । तिब्बती धार्मिक नेता दलाई लामालाई भारत र पश्चिमा मुलुकहरुले कार्डको रुपमा चीनविरुद्ध प्रयोग गर्दै आएका छन् । दलाई लामा कार्ड नेपालबाट समेत प्रयोग हुने सम्भावना बढेर गएको छ ।

भारत र पश्चिमा देशहरुको योजनाअनुशार दलाई लामालाई निकट भविष्यमा नेपाल भ्रमण गराउनकालागि प्रयासहरु भइरहेको खबर छ । जसलाई हिमालयन प्लान नाम दिइएको स्रोतको दाबी छ । सोही योजना अनुसार हालै अमेरिका र भारतस्थित धर्मशालाको एउटा टोलीले नेपालको भ्रमण गरेर गइसकेको समाचार छ । समाचार स्रोतका अनुशार दलाई लामालाई नेपाल ल्याउने योजना बनाउनका लागि भारतीय जासुसी संस्थाका एकजना वरिष्ठ अधिधकारी केही हप्तादेखि नेपालको बालुवाटार नजिक अड्डा जमाएर बसेका छन् ।

यसअघि २०७३ मंसिर पहिलो साता भएको दलाई लामाको मंगोलीया भ्रमणपछि चीन रुष्ट भएको थियो । लामाको भ्रमणले मंगोलीया र चीनबीचको सम्बन्धमै चीसोपन आएको थियो । –साँघु साप्ताहिकबाट

विशेष