राजनीति

सिके राउतलाई समर्थन गर्ने मानवअधिकारवादीले निकाले अर्को विज्ञप्ति

सिके राउतलाई समर्थन गर्ने मानवअधिकारवादीले निकाले अर्को विज्ञप्ति

माघ २४ । देश टुक्रा पार्ने अभियान चलाइरहेका सिके राउतलाई अविलम्व रिहा गर्नुपर्छ भन्दै विज्ञप्ति जारी गर्ने नेपाल मानवअधिकार संगठनले अर्को विज्ञप्ति जारी गरेको छ । नयाँ विज्ञप्तिमा समस्याको समाधान शान्तिपूर्ण वार्ता र सम्वादबाट हुनुपर्छ भन्ने उसको मत छ । अध्यक्ष इन्द्रप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘जहाँसम्म सिके राउतको विषय छ, मुलुकको भौगोलिक अखण्डता र सार्वभौमसत्ता सम्बन्धी राउतका विचारप्रति संगठन पूर्ण असहमति राख्दछ । हामी अटल राष्ट्रवादको पक्षमा छौं ।’

संगठनले जारी गरेको दोस्रो विज्ञप्तिमा सिके राउतलाई रिहा गर्नुपर्छ भनेर कतै लेखिएको छैन । तर एकजनाको गिरफ्तारीले मात्रै समस्या समाधान सम्भब नहुन सक्ने उल्लेख गरिएको छ ।

[caption id="attachment_54646" align="alignnone" width="720"] संगठनले अाइतबार जारी गरेकाे दोस्रो विज्ञप्ति[/caption]

विशेष