विचित्र विश्व

चिहान चोरेको आरोपमा १० वर्षको जेल

चिहान चोरेको आरोपमा १० वर्षको जेल
माघ - २४ । पूर्वी चीनको लियाओनिङ प्रान्तमा गाडिएका चिहान र अन्य बहुमूल्य सामान चोरेको आरोपमा उक्त प्रान्तको एक अदालतले कि जिङ्युलाई १० वर्ष ६ महिनाको जेल सजाय तोकेको छ । किले सन् २०१३ को जुलाईमा हङसान सांस्कृतिक क्षेत्रमा गाडिएको चिहान र समाधिस्थलबाट प्राचीन महत्वका केही बहुमूल्य गहना तथा अन्य सामान लिएको अभियोग लगाउँदै उनीसहित तीनजनालाई जेल सजाय र करिब ६ हजार अमेरिकी डलर जरिवाना तोकिएको छ । कि र उनका सहयोगीले इशापूर्व ४७५ देखि २२१ को समयमा गाडिएका चिहानबाट कोदाली, पिक र जमिनभित्रको धातु पत्ता लगाउने एउटा यन्त्र ९डिटेक्टर०को सहायता लिँदै चिहानबाट बहुमूल्य मुद्रा, गहनासहित पत्थर लुटेको पुष्टि भएको भन्दै अदालतले जेल तथा जरिवना तोकेको हो । सिन्ह्वा

चिहान चोर

विशेष