जेठ १० भित्र स्थानीय निर्वाचन गर्नुपर्छः महामन्त्री कोइराला
माघ - २४ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले सरकारले निर्णय गरेअनुसार कुनै पनि हालतमा जेठ १० गतेभित्र स्थानीय निर्वाचन गर्नुपर्ने बताएका छन् ।
रफत सञ्चार क्लबले २४ माघमा भक्तपुरमा आयोजना गरेको अन्तरक्रिाय कार्यक्रममा बोल्दै उनले कुनै हालतमा पनि निर्वाचन हुने भन्दै निर्वाचनमा होमिन आमजनतालाई आग्रह गरे ।
महामन्त्री डा कोइरालाले भने –'पहिला स्थानीय निकायको निर्वाचन गरेर सरकारले २०७४ माघ ७ गतेभित्र प्रदेश हुँदै प्रतिनिधिसभा समेतको तीन तहको निर्वाचन गर्न नसके संविधान पूर्णरुपमा असफल हुन्छ, त्यसैले सरकारले कुनै पनि बाहनामा निर्वाचन रोक्न पाउँदैन ।'
काँग्रेस स्थानीय निकायको निर्वाचन गरेर मात्र संविधान संशोधन गर्नुपर्छ भन्ने पक्षमा रहेको प्रष्ट्याउँदै उनले भने–'नेपाली काँग्रेस हिमाल, पहाड र तराईलाई छुट्याएर सङ्घीय प्रदेश बनाउनुपर्छ भन्ने पक्षमा छैन, पार्टीका केही नेताले भन्दैमा संविधान संशोधन गर्न सकिँदैन ।'
डा शशाङ्क कोइराला
स्थानीय निर्वाचन