संविधान संशोधन हाम्रो प्राथमिकता : उपप्रधानमन्त्री निधि
माघ–२४ । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधन वर्तमान सरकारको प्राथमिकता रहेको बताएका छन् ।
महोत्तरीको सदरमुकाम जलेश्वरमा साेमबार पत्रकारसँगको भेटघाटको क्रममा गृहमन्त्री निधिले संविधान संशोधनपछि मात्रै चुनाव सम्भव रहेकाले संविधान संशोधन नै हाम्रो पहिलो प्राथमिकता रहेको बताए । उनले संविधान संशोधनपछि एकसाथ देशका सबै जनता र पार्टीलाई चुनावमा सहभागी हुने बाटो प्रशस्त गर्ने साथै आन्दोलनरत मधेसी मोर्चालगायतको मागसमेत सम्बोधन हुने भएकाले संविधान संशोधनपछि मात्रै चुनाव हुने ठोकुवा गरे ।
गृहमन्त्री निधिले सरकार निर्वाचनको तयारीलाई पनि तीव्रता दिएको र आन्दोलनरत पक्षसहित विपक्षसँग पनि सहमतिको कुराकानी एकसाथ अघि बढाएकाले सहमति हुनेबित्तिकै चुनावको मिति पनि तोकिएर देश चुनावमा जाने निश्चित रहेको प्रष्ट्याए । रासस
विमलेन्द्र निधि
संविधान संशोधन