राजनीति

आपसी झगडाले संविधान कार्यान्वयन खतरामा

आपसी झगडाले संविधान कार्यान्वयन खतरामा
माघ - २४ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले राजनीतिक दलबीचको आपसी झगडाले संविधान कार्यान्वयन खतरामा पर्दै गएको बताएका छन् । चन्द्रसिंह कुलुङद्वारा लिखित ‘पहिचान र आदिवासी जनजातिको सर्वांगीण विकास’ नामक पुस्तकको सोमबार पोखरामा विमोचन गर्दै उनले मधेसी, जनजाति र उत्पीडित समुदायका माग सम्बोधन हुने गरी संविधान संशोधनमा गम्भीर बन्न सबै दलसँग आग्रह गरे । संयोजक डा. भट्टराईले स्थानीय तह, प्रादेशिक तथा केन्द्रीय निर्वाचन सम्पन्न भएपछिमात्रै संविधान कार्यान्वयन हुने र त्यसपछिमात्रै मुलुक शान्ति र समृद्धिको बाटामा अघि बढ्ने भएकाले तत्काल निर्वाचन गर्नुपर्नेमा जोड दिए । सो अवसरमा राप्रपाका नेता लोकेन्द्रबहादुर चन्दले पछाडि परेका जनजाति वर्गलाई अगाडि ल्याउने राज्यको परम दायित्व भएको बताउँदै आफ्नो अधिकार प्राप्तिका लागि सबै जनजाति, वर्ग र समुदायलाई मिलेर अघि बढ्न आग्रह गरे ।

Dr. Baburam Bhattari Naya Shakti Nepal

विशेष