राजनीति

टेलिफोनमा ओलीले देउवालाई भने, ‘सरकार ढाल्नुस, अब चुनाव तपाईले नै हो गराउने’

टेलिफोनमा ओलीले देउवालाई भने, ‘सरकार ढाल्नुस, अब चुनाव तपाईले नै हो गराउने’

माघ २५ । जुन जोगी आए पछि कानै चिरेको भन्ने उखान नेपाली राजनीतिमा कहिले पनि पुरानै हुने अवस्था छैन । एमालेको नतृत्वमा रहेको सरकार ढाल्नका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई त्यसबेला सरकारको समर्थन फिर्ता गर्न भनेका थिए । त्यसपछि प्रचण्डलाई कुर्सीको मोहले छोपेपछि चलिरहेको सरकार गिराएर कांग्रेससँग गठबन्धन बनाए । अहिले ठ्याक्कै त्यही चटके राजनीति एमालेले शुरु गरेको छ ।

सरकार बनाउने र भत्काउने गणितीय खेलको ठूलो योग बोकेको कांग्रसका लागि अवसरको ढोका एमालेले खोलेको तथ्य खुलेको छ । मधेस र भारतले मन नपराएका एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारको आयु सकिनै लाग्दा माओवादीलाई सत्ताबाट फयाँक्नका लागि कांग्रेस सभापति देउवाका लागि टेलिफोनेमा नै नयाँ अफर दिएका छन् । ‘राजनीति यसरी हुँदैन, यस्तै रहयो भने कांग्रेसको छबि पनि बिग्रने भयो, निर्वाचन हुन सकेको छैन । प्रधानमन्त्री गराउँदैनन अनि के भन्ने ? ’ टेलिफोनमा एमाले अध्यक्ष ओलीले देउवालाई भने, ‘सरकार ढाल्नुस, बलियो नेतृत्व लिनुस, अघि बढ्नुस, चुनाव गराउनुस् ।’ –जनप्रहार साप्ताहिकबाट

विशेष