राजनीति

राप्रपाले मन्त्री फिर्ता बोलाउँदै

राप्रपाले मन्त्री फिर्ता बोलाउँदै

माघ २५ । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सरकारबाट आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने बताएका छन् ।

सोमबार भएको एक साक्षतकारमा बोल्दै नेता लोहनीले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले आफ्नो पार्टीसँग कुनै कुरामा साझेदारी नगरेका कारण सरकारमा बस्नुको कुनै औचित्य नभएको बताएका छन् ।

सरकारले कुनै महत्वुर्ण काम तथा निर्णयमा राप्रपाको कुनै साझेदारी देखिएन त्यसैले सरकारमा रहिरहन सकिदैन । डा. लोहनीले राप्रपा अब सरकारमा रहने नरहने भन्ने बारेमा पार्टीभित्रको कार्य सम्पादन समितिको बैठकले निर्णय गर्ने बताए । उनले सरकार चुनाव नगर्ने खेलमा लागेको आरोप समेत लगाए ।

नागरिक

Raprapa

विशेष