कोरियामा इपिएस खारेज गर्नुपर्ने माग, कामदार ठगेको आरोप

माघ २५ । कोरियन भाषा परीक्षामा सफल भएर रोजगारीका लागि कोरिया पुगेका नेपाली समस्यामा पर्ने क्रम नरोकिएपछि त्यहाँ इपिएस प्रणाली विरुद्ध आवाज उठ्न थालेको छ ।
इपिएस प्रणाली मार्फत कोरिया गएका कादारहरु शोषणमा पर्ने कार्य नरोकिएपछि अब इपिएसको सट्टामा डब्लुपिएस (कामदार अनुमति प्रणाली) को माग गर्देै त्यँहा कार्यरत श्रमिकहरुले आवाज उठाएका हुन् ।
कोरियामा कार्यरत विभिन्न देशका श्रमिकको हक, हित र अधिकार संरक्षण गर्न स्थापना गरिएको प्रवासीहरुको संगठन एमटियुका अध्यक्ष उदय राईका अनुसार नेपालमा प्रचार गरिए जस्तोे इपिएसमार्फत कोरिया पुगेका कामदारले सेवा सुविध पाउन नसकेका कारण यसको बिकल्प खोजिएको हो ।
नागरिक
EPS EPS Korea