राजनीति

राप्रपाको जिल्ला अधिवेशन आज, थापा ‘मर कि गर’को स्थितिमा

राप्रपाको जिल्ला अधिवेशन आज, थापा ‘मर कि गर’को स्थितिमा

माघ २५। राष्ट्रिय प्रजातन्त्र पार्टीको देशभर आज सोमबार जिल्ला अधिवेशन हुँदैछ । दुई राप्रपा एक भएपछि तीन महिनाभित्र महाधिवेशन गर्ने पूर्वसहमतिअनुशार ७५ वटै जिल्लामा अधिवेशन तय भएको हो । महाधिवेशनमा जिल्लाबाट नौ नौ जनाको दरले प्रतिनिधि छनौट हुनेछन् ।

क्षेत्रीय अधिवेशनमा पशुपति शमशेर राणा पक्षधर हावी भएपछि कमल थापा पक्षले जिल्ला अधिवेशमा विशेष जोड लगाउँदैछ । जिल्ला र क्षेत्रका प्रतिनिधि छनोटका आधारमा महाधिवेशनमा कसको पल्ला भारी हुने भन्ने निर्णायक बन्ने गर्छ ।

जिल्ला अधिवेशमा राणा र थापाबीच आधा आधामा पकड देखियो भने मात्रै पनि महाधिवेश राणाको पक्षमा जान सक्छ । यसकारण थापा पक्षले धेरैजसो जिल्लामा आफ्ना प्रतिनिधि छनोट गराउने अन्तिम कसरत गरिरहेको छ । राप्रपाको जिल्ला अधिवेशनमा एक अध्यक्ष र १८ कार्यसमिति सदस्यका लागि निर्वाचन हुन्छ । यो समितिमा १० जना मनोनित हुन्छन् । मंसिर ६ गते एक भएको राप्रपाको महाधिवेशन फागुन ६ देखि ९ गतेसम्म काठमाडौंमा हुँदैछ ।

विशेष