राजनीति

डन दीपक मनांगे राप्रपा अध्यक्षमा निर्वाचित

डन दीपक मनांगे राप्रपा अध्यक्षमा निर्वाचित

माघ २६ । डन दीपक मनांगे राप्रपाको मनाङ अध्यक्ष भएका छन्।

बुधबार काठमाडौंको नयाँबजारमा भएको राप्रपा मनाङको जिल्ला अधिवेशनमा मनांगे सर्वसम्मत रूपमा जिल्ला अध्यक्षमा चयन भएको राप्रपा प्रवक्ता श्रेष्ठले जानकारी दिए। मनांगे चार सय युवासहित एक महिनाअघि राप्रपा प्रवेश गरेका थिए।

हिमाली जिल्ला मनाङमा चिसोका कारण अधिवेशन हुन नसकेकाले काठमाडौंमै गरिएको हो।

प्रवक्ता श्रेष्ठले कानुनले मनांगेलाई कुनै सजाय नतोकेको भन्दै असल नागरिक भएर जसले पनि राजनीति गर्न पाउने बताए। ‘कानुनले मनांगेलाई सजाय तोकेको छैन। पार्टी जीवनमा प्रवेश गर्छु, भलाद्मी बन्छु, असल नियतले राजनीति गर्छु र असल नागरिक भएर राजनीति गर्छु भन्न जसले पनि पाइन्छ,’ श्रेष्ठले भने, ‘त्यसैले मनांगे राप्रपाको अध्यक्ष हुनुलाई अस्वाभाविक मान्न मिल्दैन ।’ निर्वाचित भएपछि मनांगेले ३५ सदस्यीय समिति गठन गरेका छन्।

निर्वाचित भएपछि मनांगेले कुनै प्रतिक्रिया दिएनन्। मनांगे सांगठनिक अपराध गरेकोमा पटक–पटक प्रहरीबाट पक्राउ पर्दै छुट्दै आएका छन् । विशेष अदालतमा उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा चलिरहेको छ।

नयाँ पत्रिका

विशेष