राष्ट्रिय अनुसन्धानका प्रमुख सुटुक्क दिल्ली जानुको कारण खुल्यो
माघ २६ । भारतीय गुप्तचर संस्था ‘र’ का प्रमुख एके धसनाले नियुक्त भएको महिना दिन नबित्दै नेपालका समकक्षी दिलीप रेग्मीको टोलीलाई दिल्ली बोलाएर डिनर खुवाएका छन् । डिआइजी यदु खरेल र कर्मचारी राजेन्द्र सापकोटासहित एक दिने यात्रामा गतहप्ता दिल्ली पुगेका राष्ट्रिय अनुसन्धान विभाग प्रमुख रेग्मीसँग धसनाले पौने घण्टा आतंकवादी गतिविधिबारे कुराकानी गरेको सूत्रको दाबी छ । यो यात्राको आतेजाते खर्च भने नेपाल सरकारले व्यहोरेको छ ।
यसबीच, नेपाल प्रहरीको नेतृत्वले गुप्तचर विभागलाई लाजिम्पाटस्थित दुई रोपनी जग्गा हस्तान्तरण गरेको छ । त्यहाँ बन्ने भवनमा जासुस प्रमुखको निवास या विशेष कामका निम्ति सेफ हाउस रहने बताइन्छ । –जनआस्था साप्ताहिकबाट