राजनीति

सुशील कोइरालाको पहिलो स्मृती दिवस, काँग्रेसले विभिन्न कार्यक्रम गरी मनाउँदै

सुशील कोइरालाको पहिलो स्मृती दिवस, काँग्रेसले विभिन्न कार्यक्रम गरी मनाउँदै
माघ २७ । नेपाली काँग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको पहिलो स्मृति दिवस आज नेपाली काँग्रेस र उसका भ्रातृ संगठनहरुले विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । स्मृति दिवसका अवसरमा नेपाली काँग्रेसले केन्द्रीय कार्यालय सानेपामा कार्यक्रम गर्दैछ । कार्यक्रममा सभापति शेरबहादुर देउवासहित पदाधिकारी, केन्द्रीय सदस्य, सांसद, जिल्ला सभापतिहरु लगायत नेता कार्यकर्ताको उपस्थिती रहने काँग्रेसले जनाएको छ । कोइरालाको ७७ वर्षको उमेरमा २०७२ साल माघ २६ गते निधन भएको थियो ।

Sushil Koirala

विशेष