अन्तरवार्ता भिडियो

चाकरी गर्ने, पद हत्याउने कांग्रेसको रोगले रुवायो निष्ठावान कार्यकर्ता (भिडियोसहित)

चाकरी गर्ने, पद हत्याउने कांग्रेसको रोगले रुवायो निष्ठावान कार्यकर्ता (भिडियोसहित)


माघ २६ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल सांस्कृतिक संघको अधिवेशनमा पार्टीले हस्तक्षेप गरेर नेतृत्व सर्वसम्मत गरेपछि लोकतान्त्रिक मूल्य मान्यताको अन्तिम संस्कार भएको छ ।

सांस्कृतिक संघको अधिवेशनमा सभापति देउवाको पक्षबाट तीर्थबहादुर थापा, रामचन्द्र पौडेलको गुटबाट जनार्दन आचार्यलाई सभापतिको उम्मेदवार बनाइएको थियो । त्यो अधिवेशनमा एक महिला कलाकार सुष्मा कार्कीले पनि सभापति पदका लागि उम्मेदवारी दिइन् । उनलाई कांग्रेस नेता अर्जुन नरसिंह केसीको समर्थन रहेको बुझिएको थियो ।

सुष्मालगायत विभिन्न पदका उम्मेदवारहरुले एक महिनाअघिदेखि निर्वाचनको तयारी गरेका पनि थिए । तर जब मंगलबार निर्वाचन हुने तयारी भइरहेको थियो त्यो बेला गरियो षडयन्त्र । महिना अघिदेखि निर्वाचन नै लड्ने तयारीका साथ मैदानमा उत्रेकाहरुलाई लोकतान्त्रिक पद्धति सिकाउने पार्टीका प्रतिनिधिहरु मिलेर जबर्जस्ती सर्वसम्मत गरिदिए ।

निर्वाचन पर्खिरहेका उम्मेदवारहरुलाई निराश पार्दै सभापति देउवा र रामचन्द्रको गुट मिलाएर एउटा समिति बनाइयो । टीका लगाईदिने खादा ओढाउने गरेर नयाँ समिति गठन गरियो । सांस्कृतिक संघको यो अधिवेशनमा देउवा पक्षका तीर्थबहादुर थापा अध्यक्ष भए, रामचन्द्रका जनार्दन आचार्य वरिष्ठ उपसभापति भए । महासचिवमा शिवशंकर रिजाल, रोशनी केसी, दुर्गा रायमाझी छानिए । देउवा र रामचन्द्रको गुटबाट पर्न नसकेकी सुष्माले मन थाम्न सकिनन् । महाधिवेशन स्थलमै जसलाई ‘जय नेपाल दाई’ उनीहरुलाई नै थर्काइन ।

भिडियोस्रोतः सुष्मा कार्कीको फेसबुक ।


[embed][/embed]

Nepali Congress ruwayo karyakarta

विशेष