राजनीति

मधेशी मोर्चाका कारण चुनावको मिति तोकिएन : प्रधानमन्त्री प्रचण्ड

मधेशी मोर्चाका कारण चुनावको मिति तोकिएन : प्रधानमन्त्री प्रचण्ड

माघ २६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी मोर्चासमेतलाई समावेश गराएर चुनाव गर्नुपर्ने भएकाले मिति तोक्न नसकेको बताएका छन् ।

संविधान संशोधन प्रस्ताव संसदमा प्रस्तुत नभएसम्म स्थानिय तहको निर्वाचन मिति घोषणा नगरिने भन्दै उनले भने, ‘तर, चुनावको मिति तोके बराबर छ ।’प्रेस सेन्टर चितवनले बुधबार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चासँग सहमति बनेपछि स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिने जानकारी दिए ।

‘क्याबिनेटबाट डिसिजन गरेर तयारी सुरु गर्नू भनिसकेपछि र वैशाख(जेठभित्रै निर्वाचन गरिसक्नुपर्छ भनेपछि मिति तोके बराबर छ । त्यसको निम्ति मात्रै टेक्निकल्ली गते नभनिएको हो,’ प्रचण्डले भने ।

मधेसी मोर्चासँग वार्ता चलिरहेकाले कुनै पनि बेला मिति तोकिने समेत बताए । प्रचण्डले भने, ‘मधेसी मोर्चासँग वार्ता चलिराख्या छ । एउटा समझदारी बनाउने आवश्यकता छ । उहाँहरुले समझदारी भएपछि मात्रै गते तोक्दा ठीक हुन्छ भन्ने कन्सर्न देखाएपछि अवधि तोकिएको छ । गते कुनै पनि बेला समझदारी हुनेबित्तिकै तोकिन्छ ।’

Prachanda

विशेष