विचित्र विश्व

बिहेमा बजाएको बाजाले बालककाे मृत्यु

बिहेमा बजाएको बाजाले बालककाे मृत्यु
माघ - २६ । महोत्तरी जिल्लाको सुगा गाउँमा डिजे बाजाका कारण एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर नगरपालिका–१५ का १२ वर्षीय अमिरुल अन्सारी रहेको परिवारजनले जनाएको छ । सोमबार राति गाउँमा दुईओटा बिहेमा ठूलो आवाजमा डिजे बाजा बजाएर नाचगान गरिरहेकोबेला सोही नाचगान हेर्न घरबाहिर निस्केका बालक अन्सारीको चर्को आवाजले हृदयघात भएर मृत्यु भएको चिकित्कसले बताएका छन् । डिजे बाजाको चर्को आवाज सुनेर बेहोस भइ घरअगाडि लडेका बालक अन्सारीलाई उपचारका लागि जिल्ला सदरमुकाम जलेश्वरस्थित शान्ति कम्युनिटी अस्पतालमा लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो ।

Death

विशेष