विचित्र विश्व

यसरी खिचियो एउटै परिवारका ५०० भन्दा वढी सदस्यको सामूहिक फोटो (फोटो फिचर)

यसरी खिचियो एउटै परिवारका ५०० भन्दा वढी सदस्यको सामूहिक फोटो (फोटो फिचर)
चीनमा एउटै परिवारका ५०० भन्दा बढी सदस्यको पुनर्मिलन भएको छ । उक्त पुनर्मिलनलाई जीवन्त राख्न उनीहरुले सामूहिक फोटो खिचाएका छन् । रेन परिवारका ती सदस्यहरुले चीनको पूर्वी चेचियाङ प्रान्तको शिशे गाउँमा पुनर्मिलन गरेर सामूहिक तस्वीर लिएका हुन् । चिनियाँ नयाँवर्षको अवसरमा यो सामूहिक जमघट सम्भव भएको बताइएको छ । उनीहरु पेइचिङ, साङहाई, चिनचियाङ र ताइवानबाट आएका थिए । गत हप्ता चीनियाँ नयाँ वर्षको उपलक्ष्यमा यो परिवारको पुनर्मिलन भएको हो । फोटोग्राफर चाङ लियाङचोङले ड्रोनबाट तस्वीर लिएका थिए । चाङले यो रेन परिवार ८ सय ५१ वर्ष पुरानो भएपनि यिनीहरुका शाखा सन्तानको ८ दशकयता अपडेट नभएको जनाएका छन् । त्यहाँका स्थानीयले केही समय पहिले मात्रै आफ्नो परिवारबारे सोधखोज गरी सात पुस्ताका करिब २ हजार जीवित वंशजको खोजी गरेको झाङले जानकारी दिए । २ हजारमध्ये लगभग ५ सयजनालाई एउटै स्थानमा जम्मा गरिएको बताइएको छ ।

सामूहिक फोटो

विशेष