खुमबहादुुरदेखि प्रकाश कोइरालासम्म राजसंस्था पुनः स्थापनाका लागि खुलेर आउने
माघ २६ । पुराना राजनीतिज्ञ केशरबहादुर बिष्टको नेतृत्वमा ‘राजसंस्था र हिन्दु राष्ट्र’ को पुनस्र्थापनाको उद्देश्य लिएर ‘एकीकृत राष्ट्रवादी शक्ति’को नामक एक समूह क्रियाशील भएको छ ।
नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा वीपी पुत्र प्रकाश कोइराला र नेपाली कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्का पनि बिहीबार आयोजना गरिने ‘एकीकृत राष्ट्रवादी शक्ति’को घोषणा कार्यक्रममा उपस्थित हुने राजनीतिज्ञ बिष्टले जानकारी दिए ।
अभियानमा सम्वद्ध एक सदस्यका अनुसार नेपाली सेनाका केही अवकाश प्राप्त प्रधानसेनापतिहरु पनि यो अभियानमा खुलेर सक्रिय हुन तयार भएका छन् । प्यारजंग थापा र रुक्मांगद् कट्वालको नामै लिए पनि उनले अरुको बारेमा चाँडै स्पष्ट हुने बताए ।
‘एकीकृत राष्ट्रवादी शक्ति’का अध्यक्ष बिष्टले, ‘हामीले एकीकृत राष्ट्रवादी शक्तिको अभियानबाट दुईवटा प्रमुख कुरा उठाएका छौं । पहिलो हो, नेपाल हिन्दु राष्ट्र हुनुपर्यो । दोस्रो हो,नेपालमा संवैधानिक राजसंस्था आवश्यक हुन्छ ।’
बिष्टले संघीयता बुझ्दैनबुझी, त्यसको असर, हैसियत र जानकारी नै नभई घोषणा गरिएको आरोप लगाए । उनले भने,‘नीतिगत रुपमा संघीयता नराम्रो होइन । तर नेपालको जस्तो व्यापक सांस्कृतिक हावापानी वातारण भाषाको भिन्नता भएको देशमा संघीयता उपयुक्त होइन ।’
नेपाल अनेकतामा एकता भएको देश भएकाले संघीयता एकता भन्दा विभाजनको कारक बढि हुने खतरा देखिएको बिष्टको दावी छ । उनले यही कारणले आफूहरु संघीयताको विपक्षमा उभिएको बताए । बिष्टले भने, ‘यो दिल्ली सम्झौताको बिषय पनि होइन । आधा रातमा त्यसै जालझेल गरेर हावादारी शैलीमा बलमिचाईको भरमा आएको विषय हो ।’
बिष्ट भन्छन् – ‘एकथरी साथीहरुले २०४७ को संविधानको पुनस्र्थापना पनि भन्नुभएको छ । २०४७ सालकै संविधानको पुनस्र्थापना त हामीले भनिहालेका छैनौं तर २०४७ सालको संविधानसँग अहिले हामीले उठाएका विषयहरु मिल्छन् । २०४७ को संविधान सबै विषयको मिलनविन्दू बन्नसक्छ ।’
बिष्टको दावी छ – बहालवाला ठूला पार्टीहरुले त अब निकास दिने सवाल नै छैन । सबै काम नलाग्ने पंगु पार्टी भए । एकसय कानुन बनाउनु परेको छ, यो पनि सबैलाई थाहा छ । दुईवर्षको लागि चुनिएर आए र दुई वर्षसम्म गफ गरेर खाए । आफ्नो अवधि आफंै थपेर खान्छन् । यस्तो गैरप्रजातान्त्रिक धन्दाको पराकाष्टा त बिश्वमा कहिँ पनि हुँदैन नि !
बर्तमान संविधानलाई विदेशी संविधान मान्ने बिष्टले भने,‘ यो संविधान नेपालीले बनाएको संविधान नै हैन । यो संविधान खारेज हुनुपर्छ । यसको त अर्को निकास नै छैन । ’ 'बिष्टले नेतृत्व गरेको यो अभियानका पदाधिकारीहरुमा उनी स्वयं अध्यक्ष, किशोरी महत्तो वरिष्ठ उपाध्यक्ष, बिष्णु भट्टराई, ऋषि बाबु परियार र सिनेट श्रेष्ठ उपाध्यक्ष छन् । 'त्यसैगरी, घनश्याम गिरी सदस्य सचिव, श्याम केसी, बिदेश बिभाग, दमन बस्नेत प्रवक्ता, इन्द्र थापा अर्थ बिभाग, नवराज अधिकारी अध्यक्ष,
टे«ड युनियन महासंघ, शोभा तिमल्सिना महिला बिभाग, किशोर गुरुङ युवा बिभाग र ऋषि बाबु परियार, दलित उत्पीडित विभाग संयोजक छन् ।