राजनीति

राष्ट्रपतिले गराईन् नेताहरुलाई सचेत

राष्ट्रपतिले गराईन् नेताहरुलाई सचेत

माघ २७ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी माघ ७ गतेभित्र तीन वटै तहको निर्वाचन गराइसक्न राजनीतिक दलहरुलाई सचेत गराएकी छिन् ।बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई शितल निवासमै बोलाएर संविधानले निर्धारण गरेको मितिभित्रै तीनै तहको निर्वाचन गराइसक्न सचेत गराएकी हुन् ।

उनले बिहान एमाले अध्यक्ष ओलीसँग र साँझ कांग्रेस सभापति देउवासँग भेट गरेकी हुन् । ओलीसँगको भेटपछि र देउवासँगको भेटअघि राष्ट्रपति भण्डारीले केही कानुनविद्हरुसँग समेत परामर्श गरेकी थिइन् । कानुनविद्हरुले भने सरकारले चुनावको मिति घोषणा नगरेमा चेतावनी दिन सुझाव दिएको बताइएको छ ।

नेताहरुसँगको भेटमा राष्ट्रपति भण्डारीले चुनाव हुन नसकेकमा संवैधानिक र राजनीतिक संकट आइपर्ने उल्लेख गर्दै समयमै चुनावको मिति घोषणा गर्नुपर्नेतर्फ सजग गराएकी हुन् ।

यसअघि राष्ट्रपति भण्डारीले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि बोलाएर चुनावको तयारीबारे जानकारी लिएकी थिइन् ।

Bidya Bhadnari Rastapai

विशेष