विचित्र विश्व

एउटा कम्पनीलाई चाहियो निर्वस्त्र भएर काम गर्ने कामदार

एउटा कम्पनीलाई चाहियो निर्वस्त्र भएर काम गर्ने कामदार

बेलायतको लण्डनस्थित एक कम्पनीले निर्वस्त्र भएर निजी घरहरुको सरसफाइ गर्ने कामदारको विज्ञापन माग गरेको छ । प्रकृतिवाद तथा सरसफाइसम्बन्धी सेवा दिने बेलायतको एक कम्पनी नेचुरिष्ट क्लिनर्सले यस्ता महिला कर्मचारीका लागि विज्ञापन खोलेको हो ।  जसले कामगर्दा केवल चप्पल र पञ्जा मात्र लगाउन पाउनेछन् ।

सबै उमेर र साइजका महिलाहरुले दरखास्त हाल्न पाउने कम्पनीले जनाएको छ । जागिरमा छनोट हुनेले घण्टाको ६ हजार रुपैयाँका दरले तलब पाउनेछन् । ‘हामी महिला प्राकृतिक सरसफाइकर्ताको खोजीमा छौँ, जसले निर्वस्त्र भएर निजी घरहरुको सफाइ गर्नेछन् ।

उनीहरुले धुलो बढार्ने, भ्याकुम लगाउने, बगैँचामा पानी हाल्ने, ओछ्यान मिलाउने, वासिंग मेसिन प्रयोग गरेर कपडा धुने, आइरन गर्ने तथा झ्याल सफा गर्ने जस्ता सफाइ सम्बन्धी सबै काम गर्नुपर्नेछ’ विज्ञापनमा भनिएको छ ।

कम्पनीकी संस्थापक लाउराले यो निर्वस्त्र सफाइ व्यवसाय न्युडिस्ट समुदायका लागि भएको र यसमा यौनिक भन्ने कुनै गन्ध नै नआउने बताउँछिन् ।

Nude Picture

विशेष