राजनीति

निर्वाचनको मिति घोषणा नगरे एमालेले अान्दोलन गर्छ : खनाल

निर्वाचनको मिति घोषणा नगरे एमालेले अान्दोलन गर्छ : खनाल
माघ–२७ । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकार विभिन्न बहाना बनाउँदै निर्वाचनको मिति घोषणा गर्न नचाहेको आरोप लगाएका छन् । त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घ क्याम्पस एकाइ कमिटी इलाम शाखाले बिहीबार बिहान आयोजना गरेको अन्तक्रिया कार्यक्रममा नेता खनालले सो कुरा बताएका हुन् । ९० प्रतिशत जनताले मत दिएर बनेको संविधान विश्वकै उत्कृष्ट रहेको  उनले बताए । उनले अहिले नै संविधान संशोधन प्रस्ताव अघि बढाउनु असान्दर्भिक र जनताको हित तथा भावना विपरीत हुने बताए । अबको पहिलो काम तीन तहकै निर्वाचन सम्पन्न गरेर मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानुपर्ने बताउँदै नेता खनालले संविधान कार्यान्वयनमा लाग्नुपर्नेमा जोड दिए । निर्वाचन नहुँदा मुलुकमा बेथिति बढेको भन्दै उनले सरकारले छिट्टै निर्वाचन मिति घोषणा नगरे एमालेले देशव्यापी रूपमा आन्दोलन सुरू गर्ने बताए । रासस

एमाले झलनाथ खनाल निर्वाचन

विशेष