रोजगार

मेरोजबले सुरु गर्यो अपांग भएका व्यक्तिलाई तालिम

मेरोजबले सुरु गर्यो अपांग भएका व्यक्तिलाई तालिम

DRPI AWARE को  सहकार्यमा मेरोजब डट कमले फेब्रुअरी १, २०१७ देखि शारीरिक अपांगता भएका व्यक्तिहरुको लागि विशेष करियर विकास तालिम आयोजना गरेको छ। एक महिनासम्म संचालन हुने सो तालिम शारीरिक अपांगता भएका वर्गमा नेपालको रोजगार क्षेत्रबारे चेतना जगाउन र उनीहरुको करियर विकासमा लक्षित रहनेछ ।


रोजगार क्षेत्रमा प्रवेश गर्नुअगाडि चाहिने अत्यन्त जरुरी सीप र तालिमको अभावमा युवाहरुले चाहेजस्तो रोजगारी अवसर नपाएको देखिएको छ । कुनै पनि अपांगता भएका वर्गमा यो अझै जटिल हुन सक्छ । सोहि कुरालाई ध्यानमा राखी ल्याइएको यो तालिम कार्यक्रमले शारीरिक अपांगता भएका व्यक्तिहरुलाई रोजगार सम्बन्धि विभिन्न कुराहरुमा जनचेतना र तालिम दिदैआएको छ ।

विभिन्न प्रकारका अपांगता भएका करिब २५ व्यक्तिहरु तालिममा सामेल भएका छन्। ती मध्ये १३ जनामा कुनै किसिमको शारीरिक अपांगता, ४ जनामा दृष्टिसम्बन्धि अपांगता, ३ जनामा श्रवणसम्बन्धि र अन्य ५ जनामा निम्नदृष्टिको अपांगता रहेको छ । देशको विभिन्न जिल्लाबाट सामिल भएका सहभागीहरु +२ देखि स्नातोत्तरसम्म पढ्दै वा पास गरिसकेकाहरु छन् ।

सहभागीहरुलाई रोजगार क्षेत्रमा प्रवेश गर्नुअगाडि र प्रवेश गरिसकेपछि जरुरी हुने विषयवस्तुहरु जस्तै अन्तर्वार्ता, रेजुम लेखाई, आवश्यक सिप, आदि बारे तालिम दिइदैछ । तालिम सकिएलगतै सहभागीहरुको प्रोफाइल निर्माण गरेर रोजगारदाताहरुलाई यो वर्गको लागि पनि रोजगार सिर्जना गर्न प्रोत्साहन गरिनेछ ।

MeroJob

विशेष