राजनीति

संविधान संशोधनपछि मात्र निर्वाचन घोषणा : गृहमन्त्री निधि

संविधान संशोधनपछि मात्र निर्वाचन घोषणा : गृहमन्त्री निधि
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले सरकारले संविधान संशोधनपछि मात्र स्थानीय तहको निर्वाचन घोषणा हुने बताएका छन्। रिपोर्टर्स क्लब नेपाल नवलपरासीले शुक्रबार परासीमा आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री निधिले प्रमुख प्रतिपक्षी दल (एमाले) सँग वार्ता र छलफल गरी सीमाङ्कनलगायत सबै समस्या समाधान गरेर सरकार देशलाई समाधान दिन लागिपरेको स्पष्ट पारे। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र एमालेको संवाद सुरु भएको र संवाद सकारात्मक भएकाले संविधान संशोधनको प्रस्ताव सफल हुनेमा आफू विश्वस्त रहेको उनले बताए।

Bimalendra Nidhi

विशेष