राजनीति

मृत्यु र जन्म संस्कारमा सुधार आवश्यकः सञ्चार मन्त्री

मृत्यु र जन्म संस्कारमा सुधार आवश्यकः सञ्चार मन्त्री
माघ - २९ । सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले मृत्यु र जन्म संस्कारसम्बन्धी परम्परागत मान्यतामा सुधार गर्नुपर्ने बताएका छन् । माम्खाली मुडुला कार्की समाजको बैठकमा मन्त्री कार्कीले आधुनिक समाज र नयाँ पुस्तालाई बोझ हुने अवैज्ञानिक संस्कार परिमार्जनले अरु समाजलाई पनि प्रेरणा मिल्ने बताएका हुन् । सो समाजले मृत्यु संस्कार काजकिरियालाई पाँच दिनमा सीमित राख्न र सूतक पर्दा सम्बन्धित घरमा मात्र सूतक बार्ने परम्परा थालनी गर्ने निर्णय गरेको छ । समाजका अध्यक्ष योरजङ्गध्वज कार्कीले तीन दिनमा पिण्डदान, चौथो दिनमा कोरा फुकाउने र पाँचौँ दिनमा १३ दिनको काम गर्ने गरी आफ्ना सदस्य परिवारले त्यसलाई कार्यान्वयन गर्ने बताए। सो समाजका अगुवामध्येका एक सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव किशोरजङ्ग कार्कीसहितको बैठकले सो निर्णय गरेको हो । ओखलढुङ्गाका माम्खाली कार्कीको झण्डै दुई सय परिवार सदस्य रहेको समाजको स्थापना तीन वर्षअघि भएको थियो ।

surendra kumar karki

विशेष