राजनीति

द्वन्द्वपीडितको व्यथा न राहत न न्याय

द्वन्द्वपीडितको व्यथा न राहत न न्याय

फागुन १ । घोराही ३ बर्गद्धीकी भौनी चौधरीले पति, ससुरा र देवर एकै साथ गुमाइन् खेतमा कम गरिरहेका ११ जना थारु किसान मारिएको २०५८ साल मंसिर १३ गते दर्दनाक घटना उनी कहिल्यै भुल्न सक्दिनन् आँखैअघि झल्झली आइरहने त्यो दृष्यलाई इतिहासको रुपमा स्मारक बनाउनुपर्ने लाग्न थालेको भौनीलाई ।

त्यो घटना केही गरे पनि भुल्न सकिदैन हरेकपटक खेतमा पुग्दा आँसु झर्छ, उनले भनिन् । अब घटनास्थल संरक्षण गरी स्मारक र प्रतीक्षालय बनाउन पर्छ ।

माओवादी आरोपमा सुरक्षाकर्मीद्वारा मारिएका ती किसानका परिवारको दयनीय अवस्था रहको छ । कतिका पत्नीले दोस्रो बिहे गरेपछि बालबाहिको बिचल्ली भएको छ । हामीलाई पढाईदिने र संरक्षण गर्ने कोही पनि छैन मीना चौधरीले भनिन् । सधै त्यहि घटना दिमागमा घुमिरहन्छ ।

कान्तिपुर

Donda Pidit

विशेष