राजनीति

मन्त्रिपरिषद्को बैठक बस्दै, नेपाल प्रहरी र शसस्त्र प्रहरी प्रमुख आजै नियुक्त हुने

मन्त्रिपरिषद्को बैठक बस्दै, नेपाल प्रहरी र शसस्त्र प्रहरी प्रमुख आजै नियुक्त हुने

फागुन १ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको प्रमुख आइजीपी नियुक्त गर्न मन्त्रिपरिषद्को बैठक बस्दैछ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा विहान ९ बजे बस्ने भनिएको बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको प्रमुख चयन गर्ने छ । नेपाल प्रहरीका आइजिपी उपेन्द्र कान्त अर्याल र सशस्त्र प्रहरी बलका आइजिपी दुर्जकुमार राई भोलिबाट नियमित अवकाशमा जादैँछन । नेपाल प्रहरीमा डिआइजी नवराज सिलवाल र जयबहादुर चन्द मध्ये एक जना आइजिपी बन्ने पक्का भएको छ ।

जयवहादुर चन्दलाई कांग्रेस सभापति शेरबहादुर देउवाको साथ छ । त्यस्तै सशस्त्र प्रहरी बलमा भने सिंहबहादुर श्रेष्ठ आइजिपी बन्ने लगभग पक्का छ । विस २०४४ सालमा इन्सपेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका डिआइजीहरु नवराज सिलवाल, प्रकाश अर्याल, जयबहादुर चन्द र बम बहादुर भण्डारी आइजीपीका दावेदार भएता पनि आइजिपी दौडमा अर्याल र भण्डारी पछि छन् ।

विशेष