राजनीति

‘हामी डलर र भारुबाट संक्रमित हुँदैनौं’

‘हामी डलर र भारुबाट संक्रमित हुँदैनौं’

फागुन २ । नेकपा ९माओवादी० का महासचिव नेत्रविक्रम चन्दले तत्कालीन विद्रोहीको उदारताको फाइदा कांग्रेस र एमालेले उठाएको आरोप लगाउँदै अब एकीकृत जनक्रान्तिमार्फत् त्यसको जवाफ दिने चेतावनी दिएका छन् ।

सशस्त्र युद्ध थालेको २२ औं वर्षगाँठमा आइतबार राजधानीमा आठौं महाधिवेशन उद्घाटन गर्दै चन्दले त्यस्तो घोषणा गरेका हुन् । उनले एकीकृत जनक्रान्तिको स्वरुप स्पष्ट पारेनन्, बरु आवश्यक परे ‘राइफल र जिपिएमजी बोक्न तयार हुनुपर्ने’ जिकिर भने गर्दै रहे ।

‘माओवादीको आह्वानमा झुपडीको गरिबले काठमाडौंको दरबार ढाल्यो, केन्द्रको सत्तालाई घेराबन्दी गरेर यहाँ आइपुगेका थियौं, तर हामी उदार भइदिदा त्यसको फाइदा कांग्रेस र एमालेले लिए,’ चन्दले भने, ‘हामी हारेर आएका थिएनौं, तर बालुवाटार, लैनचौर, भट्टी पसलहरुबाट हाम्रै साथीहरुमा किटाणु पस्यो, तर हामी डलर र भारुबाट संक्रमित हुँदैनौं ।’

चन्दले केही नेतालाई किनेर, लोभ देखाएर माओवादी आन्दोलन सिध्याउने सपना नदेख्न चेतावनी दिए ।

माओवादी युद्धका तत्कालीन कमान्डर पुष्पकमल दाहाल अहिले बहालवाला प्रधानमन्त्री छँदा उनीबाटै फुटेर गएका त्यस बेलाका स्थायी समिति सदस्य चन्दले यस्तो चेतावनी दिदै गर्दा माओवादी कार्यकर्ताले ताली बजाएका थिए । चन्दले दाहालको माओवादी केन्द्रलाई पटक पटक ‘माके’ सम्बोधन गरे ।

महाधिवेशनमा माओवादी केन्द्रबाट शुभकामना दिन कोही गएन, बरु वैद्य माओवादीबाट हरिभक्त कँडेल पुगेका थिए ।

पार्टी नेता गुणराज लोहनीका अनुसार कांग्रेस, एमाले, माओवादी केन्द्र र मधेसवादी दललाई भने उद्घाटन समारोहमा निम्ता गरिएको थिएन ।

चन्दले आफूलाई कम्युनिस्ट र प्रजातन्त्रवादी दाबी गर्नेहरु सिंहदरबारमा रहेकै बेला ४० लाख सुकुम्बासी जनताको घरमा डोजर चलाइएको भन्दै उनीहरुले जनतालाई प्रजातन्त्रको पाठ सिकाउन नहुने चुनौती दिए । राष्ट्रिय स्वाधीनताको लडाइँ आफ्ना लागि प्राथमिक रहेको उनको जोड थियो ।

‘देशको सर्वाधिक संवेदनशील मानिने हवाई अड्डालाई यो राज्यले विदेशीको खल्तीमा हाल्यो, के हाम्रो सेना आफ्नो देशको सुुरक्षा गर्न सक्षम छैन रु’ उनले प्रश्न गरे, ‘हिजो सेनापुलिस यताबाट हामीसँग लड्दै आए, हामी बन्दुक पड्काउदै आयौं, तर आज बाँदरको तालमा नाच्नेले हामीलाई प्रजातन्त्र सिकाउने रु हाम्रो देशको पानी, जंगल हामीले छुन नपाउने रु’

प्रधानमन्त्री दाहालले दिनभरि लगाएर गर्ने भाषण एमाले अध्यक्ष केपी ओलीको एउटै तुक्काले ढाल्न थालेको भन्दै महासचिव चन्दले तीन दलको सिन्डिकेट आफ्ना लागि अमान्य रहेको बताए । उनले माओवादी परित्याग गरेका बाबुराम भट्टराईविरुद्ध पनि चर्को अभिव्यक्ति दिएका थिए ।

कान्तिपुर

Biplov

विशेष