राजनीति

आईजीपी नियुक्तिमा मेरो संलग्नता छैन् : देउवा

आईजीपी नियुक्तिमा मेरो संलग्नता छैन् : देउवा

फागुन २ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल प्रहरीको प्रमुख नियुक्तिमा आफूलाई जोडिएको भन्दै आपत्ति जनाएका छन् ।

सत्तारुढ कांग्रेसका सभापति देउवाकै दबावमा सरकारले आइतबार विहान डीआईजी जयबहादुर चन्दलाई प्रहरीको महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । तर, सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

आईजीपी नियुक्ति विवाद अदालतमै पुगेपछि देउवाले मौनता तोडेका हुन् ।  चन्दलाई आईजीपी बनाउन देउवाले दबाव दिएको खबर लगातार आइरहेको थियो ।

निजी सचिव केशवराज जोशीमार्फत जारी विज्ञप्तिमा कांग्रेस सभापति देउवाले भनेका छन, ‘प्रहरी महानिरीक्षक नियुक्ति गर्ने विषय नितान्त मन्त्रिपरिषदको अधिकार क्षेत्रको विषय हो । त्यस विषयमा नेपाली कांग्रेसको पार्टी सभापतिको नाताले मेरो संलग्नता कुनै पनि रुपमा रहदैन र छैन ।’

सम्वन्धी पक्षसँग बुझेर सत्य, तथ्य समाचार प्रकाशित गर्न पनि उनुरोध गरेका छन् ।

Deuba

विशेष