भारतले नेपालका पश्चिमी जिल्लामा नाकाबन्दी लगायो, यस्तो छ कारण
फागुन २ । भारतको उत्तराखण्ड र उत्तर प्रदेशमा बुधबार हुने विधानसभा निर्वाचनलाई लक्षित गरी नेपालसंग सीमा जोडिएका नाका भारतले ७२ घण्टाका लागि बन्द गरेको छ ।
आइतबार साँझ ५ बजेबाट लागू हुनेगरी ४ गते बिहानसम्मका लागि कञ्चनपुर, बैतडी, दार्चुला र डडेल्धुरासँग सीमा जोडिएको क्षेत्रका नाकामा आवातजावत बन्द गरिएको प्रहरीले जनाएको छ । यसअघि २४ घण्टामात्र सीमा बन्द गर्ने गरिएपनि दुवै देशका स्थानीय प्रशासन र सुरक्षा प्रमुखबीच निर्वाचन अवधिमा सिमानाका बन्द गर्नुका साथै ७२ घण्टे सुरक्षा सर्तकताका लागि सहकार्य गर्ने सहमती भएको हो ।
यसैबीच सुरक्षा सर्तकतामा लागि भन्दै भारतसंग नाका जोडिएका कैलाली नाका ४८ घण्टाका लागि बन्द गरिएको छ ।
India