जेठ भित्रै स्थानिय तहको निर्वाचन हुन्छ : प्रधानमन्त्री प्रचण्ड

फागुन २ । प्रधानमन्त्री पुष्पकमल दाहालले सामुदायिक रेडियोहरुको विकासको लागि आफूले तत्काल मन्त्रिपरिषद्बाट पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
विश्व रेडियो दिवसको अवसरमा राजधानीमा अकोराबले आयोजना गरेको विशेष कार्यक्रममा उनले तत्काल गर्न सकिने र दीर्घकालीनरुपमा गर्नसक्ने काम आफूले रेडियोहरुका लागि गर्ने प्रतिबद्धता जनाए ।
सामुदायिक रेडियोहरुको संख्यात्मक वृद्धिले मुलुकको भाषिक र सांस्कृतिक विविधतालाई संरक्षण र सम्बर्द्धनमा महत्वपूर्ण योगदान गरिरहेकाले दीगो विकासका लागि छुट्टै कार्यक्रम ल्याउन उनले सञ्चारमन्त्रीका साथै सरोकारवाला मन्त्रालयलाई निर्देशन दिए ।
त्यस्तै उनले आउँदो वर्षको माघ ७ गतेसम्म तीनै तहको निर्वाचन सम्पन्न हुने बताए । संविधानको प्रावधानअनुसार अबको १ वर्षभित्र तीनै तहको निर्वाचन गरिसक्ने बताउँदै उनले वैशाखको अन्त्यदेखि जेठभित्र स्थानीय तहको चुनाव गर्ने गरी सरकार लागिरहेको बताए ।
nirbachan pm prachanda