राजनीति

निर्वाचनमा सघाउन प्रधानमन्त्री दाहालको अपिल

निर्वाचनमा सघाउन प्रधानमन्त्री दाहालको अपिल
फागुन - २ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत ७० वर्षदेखिका जनक्रान्ति तथा जनआन्दोलनको उपलब्धिको रक्षार्थ संविधान कार्यान्वयनको विकल्प नभएको बताएका छन । छैटौंँ विश्व रेडियो दिवसका अवसरमा सामुदायिक रेडियो प्रसारक सङ्घ (एको¥याव)ले २ फागुनमा आयोजना गरेको कार्यक्रममा उनले संविधान कार्यान्वनका लागि आगामी माघ ७ गतेभित्र तीनवटै तहको निर्वाचन गर्ने कार्यमा सघाउन सबैसँग आग्रह गरे । प्रधानमन्त्री दाहालले भने, “आगामी जेठभित्र स्थानीय तहको निर्वाचन गर्ने कार्यमा सरकार लागेको छ, निर्वाचनलाई ‘मिसन’का रुपमा अगाडि बढाउन सम्पूर्ण रेडियोकर्मीलाई अपिल गर्दछु ।” संविधानअनुसार निर्वाचन गराउन नसकेको अवस्थामा राजनीतिक अराजकता आउने सक्ने भन्दै उनले संविधानको कार्यान्वयनमा सबैको सहयोग आवश्यक रहेको बताए । विविधतालाई एकतामा केन्द्रित पनि सरकारको पहिलो प्राथमिकता निर्वाचन भएको बताउँदै प्रधानमन्त्री दाहालले भने, “सरकार, एक पार्टी वा व्यक्तिले मात्र निर्वाचन गर्न सक्दैन, यसमा सबैको सामूहिक पहल कदमी जरुरी छ ।” मुलुकभर ३१५ वटा सामुदायिक रेडियो सञ्चालन भएका छन् । सामुदायिक रेडियोले विभिन्न ७० वटा भाषामा समाचार तथा सन्देशमूलक कार्यक्रम सञ्चालन गर्दै अएका छन् । रासस

puspakamal dahal prachanda

विशेष