राजनीति

नयाँ शक्ति नेपाल र थरुहट तराई पार्टी एकीकृत

नयाँ शक्ति नेपाल र थरुहट तराई पार्टी एकीकृत
फागुन–२ । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र व्यवस्थापिका संसद् सदस्य गंगा चौधरी (सत्गौवा) नेतृत्वको थरुहट तराई पार्टी लोकतान्त्रिकबीच पार्टी एकता भएको छ । थरुहट तराई पार्टी लोकतान्त्रिकको अध्यक्ष गंगा चौधरी लगायतको केन्द्रिय समिति नयाँ शक्ति पार्टीमा समायोजित भएको हो । चौधरी व्यवस्थापिका संसदको विधायन समितिकी सभापति साथै गोपाल दहितले नेतृत्व गरेको थरुहट तराई पार्टी लोकतान्त्रिककी सांसद थिइन् । केही समयअघि उनले पार्टी विभाजन गरेर नयाँ पार्टी खोलेकी हुन् । पार्टी एकतासँगै अब नयाँ शक्ति सत्तापक्ष बनेको छ । भेलाले पार्टी एकताको निर्णयलाई अनुमोदन गरेको थियो । एकता भेलाले निर्वाचन आयोगमा दर्ता भएका दुवै पार्टीबीच एकता भई नयाँ शक्ति पार्टीको विधान, झण्डा र चुनाव चिन्ह रहने निर्णय गरेको छ । नयाँ शक्तिले थारु समुदायका एजेण्डालाई समर्थन गर्ने प्रतिबद्धता जनाएकोले पार्टी एकता गरेको चौधरीले बताइन् ।

एकीकृत थरुहट तराई पार्टी नयाँ शक्ति

विशेष