कला साहित्य

शहरीया जीवनशैलीमाथिकाे चाेटिलाे प्रहार 'मान्छे जाेत्ने शहर'

शहरीया जीवनशैलीमाथिकाे चाेटिलाे प्रहार 'मान्छे जाेत्ने शहर'
पागुन - २ । शहरिया जीवनशैलीलाई टपक्कै टिपेर कवि बम बानियाँले ‘मान्छे जोत्ने शहर’ कविताकृति ल्याएका छन् । एक कार्यक्रमबीच राष्ट्रगानका रचनाकार व्याकुल माइला, कविताहरु जसराज किराँती, भूपाल राई, आहुति, धनप्रसाद सुवेदी लगायतले कवि बानियाँको कविताकृति लोकार्पण गरे । कवि बानियाँको लेखन शैलीको प्रंशसा गर्दै कवि किराँतीले आफू सरल र कलात्मक कविताको पक्षमा रहेकोले बानियाँका कविताहरुले त्यो अपेक्षा पूरा गरेको टिप्पणी गरे । त्यस्तै लेखक आहुतिले अहिलेको अन्योलपूर्ण समयलाई चिरेर अघि बढ्न कवि बानियाँको जस्तो सक्रियता र चिन्तनशीलता जरुरी भएको बताए । रावा सावा प्राज्ञिक समाज नेपाल र अलग आर्ट हबले आयोजना गरेको कार्यक्रममा कृतिका केही कविता कविहरु टीका चाम्लिङ, चन्द्र रानोहँछा र धरारानीले वाचन गरेका थिए । यो संग्रह भिमु मेमोरियल ट्र्ष्टले प्रकाशन गरेको हो । बानियाँको यसअघि ‘जागै छन् शब्दहरु’ कविताकृति प्रकाशित छ ।

मान्छे जाेत्ने शहर

विशेष