राजनीति

मोर्चा नमाने पनि जेठमा चुनाव गराउँन तीन दल सहमत

मोर्चा नमाने पनि जेठमा चुनाव गराउँन तीन दल सहमत
फागुन ४ । प्रमुख दलका शीर्ष नेता जारी राजनीतिक गतिरोध अन्त्य गर्न आन्दोलनरत मधेसी मोर्चा सहमतिमा नआए पनि जेठ मसान्तभित्रै स्थानीय निर्वाचन गरी अघि बढ्ने निष्कर्षमा पुगेका छन् । सकेसम्म मधेसी मोर्चालाई मनाउने, नमाने पनि एक÷दुई दिनभित्रै चुनाव मिति घोषणा गर्ने निष्कर्षमा उनीहरु पुगेका हुन् । प्रमुख दल कांग्रेस, एमाले र माओवादीबीच मंगलबार शीर्ष तहमा छलफलपछि प्रधानमन्त्री पुष्पकमल दाहाल फागुन ८ भित्रै स्थानीय चुनाव मिति घोषणा गर्ने निष्कर्षमा पुगेको स्रोतको भनाइ छ । मधेसी मोर्चासँग एकपटक अन्तिम छलफल गरी चुनाव मिति घोषणा गर्ने तयारीमा सरकार रहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । नागरिक

tin dal

विशेष