राजनीति

एमालेको पोलिटब्युरो बैठक बस्दै

एमालेको पोलिटब्युरो बैठक बस्दै
फागुन ४ । पछिल्लो राजनीतिक घटनाको बारेमा समिक्षा गर्न नेकपा एमालेको पोलिटव्युरो बैठक आज बस्दैछ । पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो एक बजेबाट सुरु हुने बैठकमा समसामयिक राजनीतिक परिस्थिति र निर्वाचनको विषयमा सदस्यहरूको धारणा बुझिने बताइएको छ । मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम, निर्वाचनको मिति घोषणामा भइरहेको ढिलाइबारे पार्टीको धारणा र २१ फागुनदेखि पार्टीले सुरु गर्न लागेको मेची–महाकाली जागरण अभियानको तयारीका लागि बैठक बोलाइएको एमाले श्रोतले बताएको छ । आज र भोली चल्ने पोलिटव्युरो बैठकको तयारीका लागि एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा मंगलबार स्थायी कमिटीको बैठकसमेत बसेको थियो ।

Jumla UML

विशेष