राजनीति

तीनदलको बैठक बालुवाटारमा जारी, चुनावको मिति आजै घोषणा गर्ने संकेत

तीनदलको बैठक बालुवाटारमा जारी, चुनावको मिति आजै घोषणा गर्ने संकेत

फागुन ४ । संविधान संशोधन र निर्वाचन मिति घोषणमा सहमतिको पहल स्वरुप प्रमुख तीन दलका शीर्ष नेतृत्वबीच आज पनि छलफल जारी छ ।

गएराती अबेरसम्म छलफल गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज थप छलफल सुरु भएको हो प्रधानमन्त्री निवास बालुवाटारमा जारुी छलफलमा राजनीतिक सहज बनाउँदै निर्वाचनको मिति घोषणा गर्नेबारे छलफल केन्द्रित रहेको वालुवाटार स्रोतले जनाएको छ ।

मधेशी मोर्चाको माग सम्बोधन गर्दै निर्वाचनको मिति घोषणा र वातावरण सहज बनाउन शीर्ष नेतृत्व सक्रिय बनेको हो । संविधान संशोधनमा केही लचक बनेको एमालेले निर्वाचनको मिति घोषणाका लागि सरकारलाई दवाव दिदै आएको छ । गएरातीको छलफलमा एमाले अध्यक्ष ओलीले संविधान संशोधनमा लचकता देखाउने संकेत गरेपनि कुनै बहानामा चुनावको मिति तोक्न ढिलाई गरे मान्य नहुने धारणा राखेका थिए बैठकमा स्थानीय निर्वाचनको मितिसम्बन्धमा छलफल भईरहेको प्रधानमन्त्रीका सहयोगीले जनाएका छन् ।

यसअघि प्रधानमन्त्री दाहालले प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसँग करिक आधा घण्टा वालुवाटारमा छलफल गरेका थिए । प्रमुख आयुक्त यादवले आगामी फागुन ८ गते भित्र निर्वाचन मिति घोषणा भए प्रस्तावित मितिमा निर्वाचन गर्न सकिने प्रधानमन्त्री दाहाललाई जानकारी गराएका थिए ।

Oli Deuba Prachanda

विशेष