विचित्र विश्व

जहाँ गौमुत्रले नुहाउछन् गोबर शरीरमा दल्छन्

जहाँ गौमुत्रले नुहाउछन् गोबर शरीरमा दल्छन्

अफ्रीकाको दक्षिणी सूडानमा बस्ने मुन्दारी नामको जनजाति हिन्दू धर्म मान्दैनन् तर उनीहरुका लागि गौमुत्रको उत्तिकै ठूलो महत्व छ । उनीहरु गाईले पिशाब फेरिरहँदा टाउको थापेर नुहाउँछन् । यसमा कुनै धार्मिक कारण भने छैन ।

यो जनजातिका मानिसहरु गर्मीबाट बच्नको लागि गौमुत्रले नुहाउने गर्छन् । पानीले नुहाउँदा भन्दा गौमुत्रले नुहाउँदा शरीरलाई शितलता मिल्ने विश्वास उनीहरुको छ । यति मात्र होइन, उनीहरु आफ्नो शरीरमा गाईको गोबर लेपनसमेत गर्छन् । यसबाट छालामा लाग्ने रोगहरुबाट बच्न सकिने उनीहरुको मान्यता छ ।

यो जनजातिको जीवनमा पशुको ठूलो महत्व छ । त्यसमा पनि गाई र गोरुलाई उनीहरु विशेष माया गर्छन् । लामखुट्टेबाट जोगिन उनीहरु गाई (गोरुको गोबरबाट बनेको गुईंठाको खरानी शरीरमा दल्छन् ।

यहाँका मानिसहरुको जीवनको सबैभन्दा महत्वपूर्ण हिस्सा गाई नै हुन् । रोजगारीको मुख्य श्रोत भएकाले पनि गाईको हेरचाहमा उनीहरु खुबै ध्यान दिन्छन् । आफ्नो गाई चोरी होला कि भनेर परिवारका एक सदस्य गोठमा नै सुत्ने गर्छन् । विहेमा दाईजोको रुपमा पनि गाई नै दिने प्रचलन छ ।

South Sudan

विशेष