राजनीति

अन्ततः राजनीति नै रोजिन कोमल ओलीले, रेडियाे नेपालबाट राजीनामा

अन्ततः राजनीति नै रोजिन कोमल ओलीले, रेडियाे नेपालबाट राजीनामा
फागुन – ४ । गायिन तथा समाचार वाचिका कोमल वलीले रेडियो नेपालको सरकारी जागिर छाडेर राजनीतिमा होमिने निर्णय गरेकी छन् । गत मंसिर ६ गते राप्रपामा प्रवेश गरेपछि ओलीलाई रेडियो नेपालले स्पष्टिकरण सोधेको थियो । उनी राप्रपाको केन्द्रीय सदस्य हुन् । वली राप्रपाको राजनीतिमा सक्रिय भएपछि राजनीति र जागिरमध्ये एक रोज्न उनलाई नैतिक दबाब परेको थियो । उनले स्पष्टिकरणको साटो राजीनामा पत्र बुझाएकी छन् । रेडियो नेपालमा अधिकृतस्तरभन्दा माथिका कर्मचारीले राजनीतिक दलमा प्रतक्ष्य संलग्नता जनाउन नपाउने नियम छ ।

कोमल ओली राजनीति रेडियाे नेपाल

विशेष