राजनीति

राप्रपाको अध्यक्षमा कमल थाप सर्वसम्मत

राप्रपाको अध्यक्षमा कमल थाप सर्वसम्मत

फागुन ५ । राष्ट्रिय प्रजातन्त्र पार्टीमा कमल थापालाई सर्वसम्मत अध्यक्ष बनाइने भएको छ ।

एकता अधिवेशनको दुई दिन अघि नै नेताहरुले उक्त सहमति गरेका हुन् । राप्रपा र राप्रपा नेपालको एकतापछि बनेको राप्रपाले फागुन ६ देखि ९ सम्म एकता महाधिवेशन गर्दैछ ।

महाधिवेशनको पूर्वसध्यामा थापासँगै पशुपति शम्शेर राणा र प्रकाशचन्द्र लोहनी अध्यक्षका दाबेदार थिए । तर, तत्कालीन राप्रपा नेपालका अध्यक्ष रहेका थापा हावी भएपछि राणा र लोहनी क्रमशः पछि हटे ।

थापाको नेतृत्वमा सर्वसम्मत सहमति जुटाउन सुनिलबहादुर थापासहितका दोस्रो तहका नेताहरु सक्रिय थिए । र, बुधबार साँझ भएको शीर्ष नेताहरुको बैठकमा कमल थापालाई अध्यक्ष बनाउने सहमति जुटेको छ ।

सहमति पत्रमा राणा र लोहनीसँगै पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले पनि हस्ताक्षर गरेका छन् । यससँगै अब राप्रपा महाधिवेशनमा केन्द्रीय सदस्यका लागि मात्र चुनाव हुनेछ ।

विशेष