राजनीति

एमालेको पोलिटब्युरो बैठक आज पनि बस्दै

एमालेको पोलिटब्युरो बैठक आज पनि बस्दै

फागुन ५ । नेकपा एमालेको पोलिटव्युरो बैठकमा आज राजनीतिक प्रतिवेदनमाथी छलफल हुँदैछ ।

बुधबारबाट राजधानीमा शुरु बैठकमा अध्यक्ष केपी ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथी सदस्यहरुले आफ्नो धारणा राख्ने छन् । यसअघि हिजोको बैठकमा अध्यक्ष ओलीले पछिल्लो राजनीतिक घटनाक्रमवारे जानकारी गराउदै चुनावको वातावरण बनाउन मधेसी दलहरुलाई मनाउने अन्तिम प्रयास भइरहेको बताए ।

बैठकमा अध्यक्ष ओलीले चुनावी वातावरण बनाउनका लागी संविधान संशोधनको बिषयमा पार्टीले लचकता अपनाएर मोर्चालाई सहमत गराउन भूमिका खेल्ने बताएका थिए । पार्टी प्रमुख सचेतक भानुभक्त ढकालले जेठभित्र चु्नाव गराउने बिषयमा सत्ता साझेदार कांग्रेस माओवादी केन्द्रसंग भएको समझदारी अनुसार मधेसी मोर्चालाई पनि सहमतिमा ल्याउनेवारे बैठकले निर्णय गर्ने जानकारी दिए ।

संविधान संशोधनको बिरोधमा रहेको एमालेले मोर्चालाई मनाउने प्रयासमा पछिल्लो समय मधेस केन्द्रित दलहरुसंग संवाद समेत शुरु गरेको छ । आजको वैठक मध्यान्ह १२ बजे पार्टी कार्यालयमा बोलाइएको छ ।

UML Baithak

विशेष