राजनीति

एमालेमा युवा संगठनका कारण विवाद उत्कर्षमा, भिन्दै महाधिवेशनको चेतावनी

एमालेमा युवा संगठनका कारण विवाद उत्कर्षमा, भिन्दै महाधिवेशनको चेतावनी

फागुन ५ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा युवा संघका कारण विवाद उत्कर्षमा पुगेको छ ।

अध्यक्ष केपी ओली पक्षले युवा संघमा मनपरी गरेको भन्दै बरिष्ठ नेता माधव नेपाल पक्षले तीब्र असन्तुष्टि जनाएको छ । पार्टी शीर्ष तहमा छलफल भएपनि विवाद मिल्न नसकेपछि युवा संघका दुई पक्षले भिन्दाभिन्दै भेला र कार्यक्रम गर्न लागेका हुन् ।

नियम र विधान विपरित युवा संघमा कमिटी बनाइएको र गुटगत आधारमा नेताहरुको जिम्मेवारी तोकिएको भन्दै बरिष्ठ नेता नेपाल पक्षधरले आज पत्रकार सम्मेलन गर्दैछ । युवा संघ अध्यक्ष राजिव पहारीले पार्टी अध्यक्ष ओलीको आडमा विधान विपरित काम गरेको आरोप असन्तुष्ट पक्षले लगाएको हो ।

युवा संघ नेतृ दिलु पन्तका अनुसार आज दिउँसो पत्रकार सम्मेलन गरी नेतृत्वको ध्यानाकर्षण गर्ने र नियम विपरितका गतिविधि नसच्चिए भिन्दै भेला बोलाउने तयारी भइरहेको छ । उनले संगठनमा छलफल नै नगरी महाधिवेशनको मिति र स्थान तोकिएको जनाइन् । बेलैमा गल्ती नसच्चाए सो महाधिवेशन आफूहरुले बहिष्कार गर्ने र भिन्दै भेला बोलाउनसम्म पनि सक्ने पन्तको भनाइ छ ।

Dilu Panta Rajib Pahari Youbasangh

विशेष