राजनीति

राष्ट्रपतिद्वारा तीन जना निर्वाचन आयुक्त नियुक्त

राष्ट्रपतिद्वारा तीन जना निर्वाचन आयुक्त नियुक्त
फागुन ५ । राष्ट्रपति विद्या भण्डारीले तीन जना निर्वाचन आयुक्त नियुक्त गरेकी छन् । आयुक्त नियुक्तसँगै तीनै जनाले आज पद तथा गोपनियताको सपथसमेत लिएका छन् । शितल निवासमा गरिएको कार्यक्रममा नवनियुक्त निर्वाचन आयुक्तहरु नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौडेल र सुधीरकुमार शाहले सपथ लिएका हुन् । तीन सदस्य थपिएसँगै निर्वाचन आयोगले पूर्णता पाएको छ । संवैधानिक परिषद्को सिफारिस संसदीय सुुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले आयुक्तहरु नियुक्त गरेकी हुन् ।

Bidya Bhandair

विशेष